सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल

२०८३ साउन १५, ०१:०२ रासस

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गरका छन् ।

पार्टी संसदीय दल कार्यालयमा सिंहदरबारमा उहाँले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

उनले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गरिरहेका छन्।

सभापति लामिछानेले उहाँहरुसँग सुनसरी र सिरहालगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपिल गर्न आग्रह गरे।
 

कमेन्ट लोड गर्नुस