सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक किशोर खैरो हेरोइनसहित पक्राउ

२०८३ साउन १७, ०८:४५ खबर संवाददाता

धनगढीः कञ्चनपुरका एक किशोर खैरो हेरोइनसहित पक्राउ परेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ४०० मिलिग्रामसहित सोही ठाँउ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस