सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहकारी रकम हिनामिना मुद्दामा फरार कञ्चनपुरका शिद्द राज पक्राउ

एआई प्रबिधि प्रयोग गरी निर्मीत तस्बिर
एआई प्रबिधि प्रयोग गरी निर्मीत तस्बिर
२०८३ साउन १९, ०८:०० खबर संवाददाता

कञ्चनपुरः सहकारी रकम हिनामिना मुद्दामा फरार कञ्चनपुरका शिद्द राज सोती पक्राउ परेका छन्।

सोतीलाई जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ मंसिर २ गतेको फैसलाले सहकारी रकम हिनामिना मुद्दामा २ वर्ष कैद सजाय र ८ लाख ८७ हजार २७८ जरिवाना तोकिएपछि फरार रहेका थिए। भीमदत्त नगरपालिका–१८ बस्ने ४१ वर्षीय सोतीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोमबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस