सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ

२०८३ साउन २२, ०७:०८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५७ हजार बराबरको ३ क्विन्टल ५० किलो तोरी र ४ थान साइकलसहित ४ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा लखिमपुर खिरी बसही कलौनी वस्ने २२ वर्षीय सन्तोश कुमार, २० वर्षीय अनुज गुप्ता, २४ वर्षीय सञ्जय कुमार र २१ वर्षीय मनोज कुमार रहेका छनद्। चारै जनालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरीले बिहिबार राति फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, सोही नगरपालिका–२ बैजुडाँडाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २५ हजार ६ सय बराबरको पेय पदार्थ, बिडी, बोइलर कुखुरा लगायतका सामान बिहीबार प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस