कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ
२०८३ साउन २२, ०७:१२
कञ्चनपुरः कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१८ मदन चोक स्थित सोही ठाउँ बस्ने ४२ वर्षीय देब बहादुर चन्दले सञ्चालन गरेको देबु होटेलमा जुवातास खेलिरहेको अवस्थामा निज देबबहादुर चन्द सहित ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हे। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद ५५ हजार असी रुपैँया र २ गड्डी ताससहित पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस