सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार ८००ले वृद्धि भई रु तीन लाख एक हजार ७०० कायम भएको छ। गत शुक्रबार एक तोला सुन रु दुई लाख ९६ हजारमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ६५ ले बढेर रु चार हजार ६४५ पुगेको छ। शुक्रबार एक तोला चाँदी रु चार हजार ५८० मा किनबेच भएको थियो। प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३४३ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ।