सुनचाँदीको मूल्य बढ्यो
२०८३ भदौ १, १२:४३
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ८०० र चाँदीको रु चार हजार ७७० कायम रहेको जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य रु चार हजार ७१० थियो।
कमेन्ट लोड गर्नुस