सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर सुदूरपश्चिम नीति तथा योजना आयोगका कर्मचारीको मृत्यु

२०८३ भदौ २, ०२:२८ खबर संवाददाता

धनगढी: धनगढीस्थित सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा कम्प्युटर अपरेटर पदमा कार्यरत ३३ वर्षीय जितबहादुर मयालको करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार साँझ आफ्नै गोठ निर्माण गर्ने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर मयाल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लालरत्न अस्पताल, लम्की लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस