सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

२०८३ भदौ ३, ११:५२ खबर संवाददाता

धनगढीः काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको बसले राजीपुर–चौमाला क्षेत्रमा मोटरसाइकललाई ठक्कर दिँदा धनगढी–१२ निवासी रमेश बहादुर विश्वकर्मा गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परी घाइते विश्वकर्माको अवस्था गम्भीर रहेको जनाइएको छ। उनको हाल धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

विश्वकर्मालाई चिन्नुहुने आफन्तजन, साथीभाइ तथा शुभचिन्तकहरूले माया मेट्रो अस्पतालमा सम्पर्क गरी उनको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ।

उनका आफन्तसम्म दुर्घटनाको सूचना छिटो पुग्न सक्ने भएकाले यो समाचार तथा पोस्टलाई सकेसम्म धेरै शेयर गरिदिनसमेत आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस