सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘वेस्टर्न नेपाल एजुकेसन समिट–२०२६’ सम्पन्न

२०८३ भदौ ९, ०१:३८ खबर संवाददाता

धनगढी: पश्चिम नेपालका विद्यार्थीलाई स्वदेश तथा विदेशमा उपलब्ध उच्च शिक्षा, छात्रवृत्ति, रोजगारी तथा करियर निर्माणका अवसरसँग प्रत्यक्ष जोड्ने उद्देश्यले धनगढीमा ‘वेस्टर्न नेपाल एजुकेसन समिट–२०२६’ सम्पन्न भएको छ।

अखबार मिडिया प्रालि र ड्रिमलिङ्क एजुकेसन कन्सल्टेन्सीको संयुक्त आयोजनामा मंगलबार धनगढीस्थित सिद्धार्थ कटेजमा आयोजित समिटमा विभिन्न शैक्षिक संस्था, कलेज, शैक्षिक परामर्शदाता तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका

प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा धनगढीका विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीको उल्लेख्य सहभागिता थियो।

समिटमा विद्यार्थी तथा अभिभावकले उच्च शिक्षा, विदेश अध्ययन, छात्रवृत्ति, विषय तथा विश्वविद्यालय छनोट, करियर योजना र अन्तर्राष्ट्रिय शैक्षिक अवसरबारे सम्बन्धित प्रतिनिधिसँग प्रत्यक्ष संवाद तथा परामर्श लिएका थिए।
विशेषगरी बेलायतका बीपीपी युनिभर्सिटी, युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्ड (यूडब्लुएस), रोहेम्टन, युडब्लुएल, अल्स्टर र सन्डरल्यान्ड विश्वविद्यालयलगायतसँग सम्बन्धित प्रतिनिधि तथा साझेदारको सहभागिता रहेको थियो।

कार्यक्रममा बेलायतमा उपलब्ध शैक्षिक कार्यक्रम, विषय छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, अध्ययन तथा आवास खर्च र अध्ययनपछि रोजगारी तथा करियरका सम्भावनाबारे विद्यार्थीलाई जानकारी दिइएको थियो।

ड्रिमलिङ्क एजुकेसन धनगढीका रिजनल डाइरेक्टर समीरजंग कुँवरका अनुसार बीपीपी युनिभर्सिटीका प्रतिनिधि शिव केसी, सादिया ओमार र पालक चौधरी तथा यूडब्लुएस लन्डनका प्रतिनिधि संगम पौडेललगायतले विद्यार्थीलाई आवश्यक शैक्षिक जानकारी तथा करियर काउन्सिलिङ प्रदान गरेका थिए।

विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको विषय, विश्वविद्यालय छनोट, शैक्षिक शुल्क, बसोबासको अनुमानित लागत, छात्रवृत्ति तथा बेलायतमा अध्ययन पूरा गरेपछि उपलब्ध हुन सक्ने करियरका अवसरबारे विज्ञ तथा विश्वविद्यालय

प्रतिनिधिसँग प्रत्यक्ष जिज्ञासा राखेका थिए। प्रत्यक्ष संवादबाट उच्च शिक्षासम्बन्धी निर्णय लिन थप सहज भएको सहभागी विद्यार्थीले बताएका छन्।

काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको ड्रिमलिङ्क एजुकेसनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पहिलो शाखा धनगढीको रातोपुलमा सञ्चालन गरेको छ।

समिट शैक्षिक गतिविधिमा मात्र सीमित नरही नेपाली कला, संस्कृति र मौलिकताको प्रवर्द्धनमा समेत केन्द्रित थियो। कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। शिक्षा, करियर र संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवधारणासहित आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कलेज प्रतिनिधि, शैक्षिक परामर्शदाता तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।

आयोजकले समिटलाई पश्चिम नेपालका विद्यार्थी तथा शैक्षिक संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय र शिक्षा क्षेत्रका साझेदारसँग नजिक ल्याउने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

समिटमार्फत विद्यार्थीले उच्च शिक्षाका नयाँ विकल्पबारे जानकारी लिनुका साथै विदेश अध्ययनसँग सम्बन्धित विषयमा विज्ञ तथा विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका छन्। यसले विद्यार्थीलाई अध्ययनको गन्तव्य छनोटदेखि भविष्यको करियर योजनासम्म थप स्पष्ट निर्णय लिन सहयोग पुग्ने आयोजकको विश्वास छ।

कमेन्ट लोड गर्नुस