सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

२०८३ भदौ १०, ०८:१३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–५ चिनिमिल जंगल किनार भित्री सडक खण्डबाट ब्राउनसुगर ७ ग्राम ३९० मिलिग्रामसहित कृष्णपुर नगरपालिका–६ बसन्तपुर टोल बस्ने २७ वर्षीय मोहन देव जोशी पक्राउ परेका हुन्। जोशीलाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस