सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोसी बाढीपछि सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

२०८३ भदौ ११, १२:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका विभिन्न परीक्षा स्थगित गरेको छ।

भोटेकोसी नदीमा आएको भीषण बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले परीक्षा स्थगित गरेको हो।

विश्वविद्यालयले नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त सूचना तथा प्राकृतिक विपत्तिका कारण आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालनको तयारीमा रहेका छात्रवृत्तिसम्बन्धी परीक्षा तथा प्रवेश परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।

प्राकृतिक विपत्तिका कारण यातायात तथा जनजीवन प्रभावित भएकाले परीक्षार्थीको सुरक्षालाई ध्यानमा राख्दै परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।

स्थगित परीक्षाको नयाँ मिति तथा समयबारे विश्वविद्यालयले पछि सूचना प्रकाशित गर्ने जनाएको छ।

कमेन्ट लोड गर्नुस