सुदूरपश्चिममा डेंगु नियन्त्रणका लागि औषधी छर्किने तयारी
सुदूरपश्चिमका विभिन्न स्थानहरुमा डेंगु रोगको संक्रमण फैलिएसँगै डेंगुको सक्रमण बढ्न नदिन केही स्थानहरुमा औषधी छर्किने निर्णय भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले सचिवस्तरीय निर्णय अनुसार डेंगु नियन्त्रणका लागि औषधी छर्किने निर्णय भएको जनाएको छ।
सहरी क्षेत्रका उच्च जोखिमयुक्त स्थानमा डेंगु नियन्त्रणका लागि औषधी छर्किने निर्णय भएको मन्त्रालयले जनाएको छ। त्यस्को व्यवस्थापनका लागि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयलाई परिपत्र समेत गरिएको छ।
यस्तै प्रदेशका स्वास्थ्य कार्यालयहरुलाई समेत पत्रिपत्र गर्दै जनचेतनामुलक गतिविधि सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ। खोज र नष्ट टिम परिचालन गर्न पनि निर्देशन दिईएको छ।