सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सरकारद्वारा रसुवा बाढी प्रभावितका लागि २ करोड सहयोग

२०८३ भदौ १२, ११:१५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि रु. २ करोड सहयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णयसमेत गरेको छ। स्वास्थ्य टोलीले प्रभावित क्षेत्रमा पुगेर आवश्यक स्वास्थ्य सेवा तथा औषधि उपचारमा सहयोग गर्ने जनाइएको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको सदस्यमा गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णयसमेत गरिएको छ।

प्रदेश सरकारले विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार, खोजतलास तथा स्वास्थ्य उपचारमा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले यी निर्णय गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस