कैलालीको गोदावरीमा ६० वर्षीय पुरुष मृत अवस्थामा फेला
२०८३ भदौ १२, १२:०६
धनगढीः कैलालीको गोदावरी नगरपालिका–९ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
गोदावरी नगरपालिका–९ का ६० वर्षीय नन्दराम कठायत बिहीबार राति सोही ठाउँस्थित धनचौरी–धनगढी भित्री सडकको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। साथै, मृतकको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस