सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर र बझाङबाट १४ किलो चरेशसहित ३ जना पक्राउ

२०८३ भदौ १३, ०७:५५ खबर संवाददाता

धनगढीः कञ्चनपुर र बझाङबाट १४ किलो चरेशसहित ३ जना पक्राउ परेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौला स्थित गोप्य सूूचनाको आधारमा अवैध लागूऔषध चरेश १३ किलो ९०५ ग्रामसहित बझाङको बुंगल नगरपालिका–१ दहबगर बस्ने २२ वर्षीय कलक धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको सेतो रंगको बलेरो पिकअप जिप र सोही जिपमा सवार केदारस्यु गाउँपालिका–७ काँडाचौर बस्ने ५० वर्षीय करन धामी पक्राउ परेका हुन्।

शुक्रबार राति इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिपको बोनटमा लुकाई चिपाई राखेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि जिप सहित दुवै जनालाई पक्राउ गरेको छ।

यसैगरी बझाङको बित्थडचिर गाउँपालिका–४ मल्लो भत्तडा स्थित सोही ठाउँ बस्ने ३१ वर्षीय विरबहादुर बोहराले सञ्चालन गरेको बोहरा किराना पसलमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले खानतलासी गर्दा पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा ४०० ग्राम लागूऔषध चरेश फेला पारी उक्त चरेशसहित बोहरालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस