सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवा बाढीका कारण त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरू स्थगित

२०८३ भदौ १३, ०८:५४ खबर संवाददाता

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका आफ्ना सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ।

रसुवा जिल्लाको रसुवागढी भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढी र प्राकृतिक विपद्को असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले यस्तो निर्णय लिएको हो। विश्वविद्यालयको कार्यकारी परिषद्को मिति २०८३ भदौ १२ गते बसेको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु तथा सम्बन्धित डिन कार्यालयहरूद्वारा सञ्चालित सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ।

त्रिवि रजिष्ट्रारको कार्यालयद्वारा जारी सूचनाअनुसार, स्थगित गरिएका परीक्षाहरूको संशोधित परीक्षा तालिका केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित अध्ययन संस्थान÷सङ्काय अन्तर्गतका परीक्षा सञ्चालक समितिहरूबाट मिति २०८३ भदौ २० गतेभित्र प्रकाशित गरिनेछ।

कमेन्ट लोड गर्नुस