सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरका ३ किशोर लागूऔषधसहित पक्राउ

२०८३ भदौ १५, ०७:३६ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरका ३ किशोर लागूऔषधसहित पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–३ शंकरपुरबाट अवैध लागूऔषध खैरो हिरोइन ८१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षिय दुई जना किशोर परेका छन्। ती दुबै किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

यसैगरी, टीकापुर नगरपालिका–१ समितिपुरबाट अवैध लागूऔषध खैरो हिरोइन ९१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस