सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको रोयल फिड इण्डस्ट्रीजद्वारा भोटेकोशी बाढीपीडितका लागि २ लाख ५१ हजार सहयोग

२०८३ भदौ १५, ०१:१२ खबर संवाददाता

 

धनगढीः कैलालीस्थित राजीपुरमा रहेको रोयल फिड इण्डस्ट्रीज प्रालिले भोटेकोशी बाढीपीडितका लागि २ लाख ५१ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेको छ।

बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उद्योगले उक्त रकम सहयोग गरेको हो। विपद्को समयमा प्रभावित समुदायप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरिएको कम्पनीले जनाएको छ।

रोयल फिड इण्डस्ट्रीज प्रालिले बाढीपीडितको राहतमा थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यले २ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ।

कम्पनीले विपद्को समयमा पीडित परिवारको साथमा उभिनु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन्। रोयल फिड इण्डस्ट्रीजको उक्त सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस