सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

२०८३ भदौ १७, ०८:०४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–८ कान्तिपुर स्थित गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ७९० मिलिग्राम र नगद ८ हजार १९० सहित सोही ठाउँ बस्ने वर्ष २९ को दिनेश चौधरी र कैलालीको गोदावरी नगरपालिका–५ बस्ने २२ वर्षीय शुसिल चौधरी पक्राउ परेका हुन्।

मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दिनेश चौधरीको घरकोठा खानतलासी गर्दा पोका वनाई रहेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस