कञ्चनपुरका पत्रकार गुरुङ विद्युतीय अपराध मुद्दामा पक्राउ
धनगढी: कञ्चनपुरका पत्रकार पप्पु गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गुरुङलाई बुधबार बिहान दोधाराचाँदनी नगरपालिकाबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले गुरुङलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए।
गुरुङले सामाजिक सञ्जालमार्फत दोधाराचाँदनीबाट प्रहरीकै मिलेमतोमा लागूऔषध भित्र्याउने गरिएको दाबीसहितका सामग्री पोस्ट गर्दै आएका थिए। प्रहरीले सामाजिक सञ्जालमा जथाभावी सामग्री लेख्न थालेपछि उनलाई पक्राउ गरिएको जनाएको छ।