धनगढीको न्यू कालिका स्कूलका विद्यार्थीद्वारा खाजाको रकम कटाएर बाढीपीडितलाई सहयोग
धनगढीः धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नास्थित श्री न्यू कालिका आधारभूत विद्यालयका विद्यार्थीहरूले भोटेकोशी बाढीपहिरो पीडितका लागि सहयोग गरेका छन्।
विद्यार्थीहरूले आफ्नो खाजाबापतको रकम कटाएर भोटेकोशी बाढीपहिरो पीडित राहत संकलन सहजीकरण अभियानमार्फत ५ हजार २ सय २५ रुपैयाँ सहयोग गरेका हुन्।
सानो उमेरमै सामाजिक उत्तरदायित्व र मानवीय भावनाको उदाहरण प्रस्तुत गर्दै विद्यार्थीहरूले आफ्नो खाजाको रकमबाट बाढीपहिरो पीडितलाई सहयोग गरेका विद्यालयले जनाएको छ।
भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।