सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्चौडीमा पहिरोका कारण जमिन भासिएपछि स्थलगत निरीक्षणको माग

२०८३ भदौ २३, ०९:२८ खबर संवाददाता

धनगढीः बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेही, देसाली क्षेत्रमा पहिरोका कारण जमिनमा ठूलो क्षति पुगेको छ।

भदौ २२ गते राति गएको पहिरोका कारण जमिन मासिनुका साथै केही भाग भासिएको स्थानीयले बताएका छन्। पहिरोका कारण जमिन कमजोर बनेकाले आगामी दिनमा थप क्षति तथा जोखिम हुनसक्ने भन्दै स्थानीयले तत्काल स्थलगत निरीक्षण गर्न माग गरेका छन्। जमिन भासिनुको कारण तथा भएको क्षतिको यकिन विवरण संकलन गरी आवश्यक सावधानी र रोकथामका उपाय अपनाउनुपर्ने उनीहरूको भनाइ छ।

स्थानीयले वडा अध्यक्षसमक्ष निवेदन दिँदै तत्काल स्थलगत निरीक्षण गरी पहिरोबाट भएको क्षतिको छानबिन तथा आवश्यक व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका छन्। पहिरो प्रभावित क्षेत्रमा थप क्षति हुनसक्ने सम्भावना रहेकाले सम्बन्धित निकायले समयमै निरीक्षण गरी जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।

कमेन्ट लोड गर्नुस