सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८३ भदौ २८, ०९:३८ खबर संवाददाता

काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

कमेन्ट लोड गर्नुस