सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२०८३ भदौ २८, ०९:४९ खबर संवाददाता

काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले निर्धारण गरेको प्रमुख विदेशी मुद्राको विनिमयदर यस्तो छ:

विदेशी मुद्रा खरिददर बिक्रीदर
अमेरिकी डलर १ रु. १५२.५९ रु. १५३.१९
युरोपियन युरो १ रु. १७६.९६ रु. १७७.६५
युके पाउन्ड स्ट्रलिङ १ रु. २०६.१८ रु. २०६.९९
स्वीस फ्र्याङ्क १ रु. १८७.३४ रु. १८८.०८
अष्ट्रेलियन डलर १ रु. १०९.४१ रु. १०९.८४
क्यानेडियन डलर १ रु. ११०.१९ रु. ११०.६२
सिङ्गापुर डलर १ रु. १२०.३५ रु. १२०.८३
जापानी येन १० रु. ९.९० रु. ९.९४
चिनियाँ युआन १ रु. २२.७५ रु. २२.८४
साउदी अरेबियन रियाल १ रु. ४०.६३ रु. ४०.७९
कतारी रियाल १ रु. ४१.८६ रु. ४२.०२
थाई भाट १ रु. ४.६२ रु. ४.६४
युएई दिराम १ रु. ४१.५५ रु. ४१.७१
मलेसियन रिङ्गेट १ रु. ३७.४९ रु. ३७.६३
दक्षिण कोरियन वन १०० रु. ११.३७ रु. ११.४१
स्वीडिस क्रोनर १ रु. १५.७५ रु. १५.८१
डेनिस क्रोनर १ रु. २३.६७ रु. २३.७७
हङकङ डलर १ रु. १९.४६ रु. १९.५३
कुवेती दिनार १ रु. ४९७.६० रु. ४९९.५६
बहराइन दिनार १ रु. ४०४.७२ रु. ४०६.३१
ओमनी रियाल १ रु. ३९६.३३ रु. ३९७.८९
भारतीय रुपैयाँ १०० रु. १६०.०० रु. १६०.१५

राष्ट्र बैंकले आवश्यकता अनुसार यो विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने राष्ट्र बैंकको दरभन्दा फरक हुन सक्नेछन्। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

कमेन्ट लोड गर्नुस