सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पाँच दिनदेखि युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

२०८३ भदौ २८, ०८:३६ खबर संवाददाता

बझाङ: बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका करिब ३३ वर्षीय जितेन्द्र खड्का पाँच दिनदेखि बेपत्ता भएका छन्। भदौ २३ गते बिहान लहरे सामुदायिक वनको डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का अहिलेसम्म घर नफर्किएका हुन्।

‘साँझसम्म फर्किन्छु’ भन्दै घरबाट निस्किएका खड्का सम्पर्कविहीन भएपछि परिवार, आफन्त तथा स्थानीयवासीले सम्भावित क्षेत्रमा खोजी गरिरहेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले खोजी कार्यमा थप कठिनाइ भएको परिवारले जनाएको छ।

दिन बित्दै जाँदा पनि खड्काको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवार चिन्तित बनेको छ। स्थानीय क्षेत्रमा मोबाइल नेटवर्कको समेत उचित सुविधा नहुँदा खोजी कार्य तथा आपसी सम्पर्कमा थप समस्या भइरहेको परिवारको गुनासो छ।

परिवारले बेपत्ता खड्काको खोजी कार्यलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ। आवश्यक जनशक्ति परिचालनसँगै प्रविधिको प्रयोग गरेर खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन परिवारले अपिल गरेको छ।

बेपत्ता खड्काको खोजीमा सहयोग गर्न परिवारले सबै स्थानीयवासी तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सम्पर्कका लागि :

 ९८४८६७८९५५
 ९८६८४०६२०५
 ९८६४६०३८३२

कमेन्ट लोड गर्नुस