कञ्चनपुरमा भारततर्फ लैजाँदै गरेका ९ बाख्रा बरामद
कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटिया सीमा क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका ९ वटा बाख्रा सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक भुवन सिंह केसीको कमाण्डमा खटिएको सात सदस्यीय पैदल गस्ती टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा बाख्रा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद बाख्राको अन्दाजी मूल्य ५० हजार रुपैयाँ रहेको छ। बरामद बाख्रालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।