कञ्चनपुरमा होटलबाट जुवातास खेलिरहेका ६ जना पक्राउ
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरस्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कलुवापुरमा जुवातास भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि बुधबार दिउँसो इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले होटलमा छापा मारेको थियो।
छापा मार्ने क्रममा स्थानीय ४० वर्षीय भोजबहादुर ऐरले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा ऐरसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नगद १९ हजार १९५ रुपैयाँ र तास समेत बरामद गरेको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।