सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोधारा चाँदनीमा भन्सार छली ल्याइएका सामान बरामद

२०८३ असोज १, ०९:५१ खबर संवाददाता

कञ्चनपुर: दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज पुटपुटे झाडीबाट प्रहरीले भारतबाट भन्सार छली ल्याइएको विभिन्न सामान बरामद गरेको छ।

बुधबार दिउँसो इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले झाडीमा बेवारिसे अवस्थामा राखिएका पेय पदार्थ, खाने तेल, पिठोलगायतका सामान फेला पारेको हो।

प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य ३३ हजार ३ सय रुपैयाँ रहेको छ। आवश्यक प्रक्रिया पूरा गरी सामानलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस