सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला रु दुई हजार ३०० र चाँदीको मूल्य रु ६० घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ६२५ कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६८५ कायम भएको थियो।