सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने

२०८३ असोज ४, ०८:२१ खबर संवाददाता

काठमाडौंः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन्। उक्त खेल कात्तिक ९ गते हुनेछ। कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ। मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ।

२ गते इलिमिनेटर तथा ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ। एनपीएलका ३२ खेलमध्ये फाइनलसहित २० खेल फ्लडलाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।

कमेन्ट लोड गर्नुस