बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
२०८३ असोज ४, ११:२६
काठमाडौँ: नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाए । सदाको घरबाट ५६ र मुखियाको घरबाट आठ गरी ६४ पोका गाँजा बरामद गरिएको जनाइए ।
कमेन्ट लोड गर्नुस