कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला
कैलाली: कैलालीमा मंगलबार दुई जना पुरुष छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेला परेका छन्।
लम्कीचुहा नगरपालिका–४, गिधिनियाका ४० वर्षीय अबिराम जैशी सोही ठाउँस्थित बलिया चोक जोड्ने कच्ची सडकखण्डमा मृत अवस्थामा फेला परेका हुन्। उनी मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी, गौरीगंगा नगरपालिका–८, लिक्माका ५४ वर्षीय दुर्गा प्रसाद आचार्य आफ्नै घर नजिकै बाटोछेउको धान खेतमा मृत अवस्थामा फेला परेका छन्। उनी पनि मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ