सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुन्डाईको नयाँ ‘भेन्यू’ सार्वजनिक, मूल्य ४८ लाख ९६ हजारबाट

२०८३ असोज ७, ०१:१३ लक्ष्मण ढुङ्गाल

धनगढी : हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल–न्यू भेन्यू’ धनगढीमा सार्वजनिक गरिएको छ। हुन्डाईको धनगढीस्थित आधिकारिक सोरुमले नयाँ भेन्यू बजारमा ल्याएको हो।


नयाँ भेन्यूमा आकर्षक बाहिरी डिजाइनसँगै आधुनिक प्रविधि र सुरक्षाका विभिन्न सुविधा समावेश गरिएको कम्पनीले जनाए । गाडीमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निस राखिएको छ।


गाडीको भित्री भागमा १० दशमलव २५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावरयुक्त टिल्ट एन्ड स्लाइड सनरुफजस्ता सुविधा उपलब्ध छन ्।
नयाँ भेन्यूमा १ दशमलव २ लिटर एमपीआई पेट्रोल र १ दशमलव ० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनका विकल्प दिइएको छ। सुरक्षातर्फ ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्ट कन्ट्रोललगायतका सुविधा रहेको कम्पनीले जनाए ।


नेपालमा नयाँ भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो गाडी एचएक्स–२, एचएक्स–५ प्लस र एचएक्स–५ डीसीटी गरी तीन भेरियन्टमा उपलब्ध रहेको जनाए छ ।


नयाँ भेन्यू सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर प्रमुख अतिथि थिए। उनले यसअघि धनगढीमा कम्पनीको गाडी उपलब्ध नहुँदा स्थानीय ग्राहकले अन्यत्र जानुपर्ने बाध्यता रहेको बताए। अब आफ्नै ठाउँमा गाडीको बिक्री तथा सेवा उपलब्ध हुँदा ग्राहकलाई सहज हुने उनको भनाइ थियो ।


कुँवरले हुन्डाईका सवारीसाधन युवापुस्ताको रोजाइमा समेत पर्ने गरेको बताए ।
कार्यक्रममा हुन्डाई धनगढीका सोरुम इन्चार्ज दिपेन्द्रप्रसाद ओझाले नयाँ भेन्यूका विशेषता तथा उपलब्ध सुविधाबारे जानकारी गराए ।


कार्यक्रममा उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्करराज ओझासहित विभिन्न संघसंस्थाका पदाधिकारी, ग्राहक तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो। नयाँ भेन्यू धनगढीस्थित आधिकारिक सोरुमबाट अवलोकन तथा खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाए ।
 

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस