समर्पण सुधार केन्द्रद्वारा शहीद दशरथ चन्द विश्वविद्यालयमा वृक्षरोपण तथा सरसफाइ
कैलाली: समर्पण सुधार केन्द्रले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
केन्द्रले विश्वविद्यालय परिसरमा वृक्षरोपण गर्नुका साथै सरसफाइ गरेको हो। कार्यक्रममा पुनर्स्थापना केन्द्रका सञ्चालकसहित केन्द्रमा उपचाररत केही व्यक्तिको सहभागिता रहेको थियो।
कार्यक्रममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका फरेन्सिक विषयका उपप्राध्यापक हरिबोधन जोशीले समेत सहयोग गरेका थिए।
वृक्षरोपण तथा सरसफाइ कार्यक्रमले वातावरण संरक्षणसँगै पुनर्स्थापना केन्द्रमा रहेका व्यक्तिलाई समाजमा पुनःस्थापित हुन मनोबल प्रदान गर्ने आयोजकले जनाए।