सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

२०८३ असोज ८, १२:२८ खबर संवाददाता

कञ्चनपुर:  कञ्चनपुरमा खैरो हिरोइनसहित दुइ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

भीमदत्त नगरपालिका–१८ कटानस्थित जानकी टोलबाट ११० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित भीमदत्त नगरपालिका–३ भाषीका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, बेलौरी नगरपालिका–७ बरैयामा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले शुक्लाफाँटा नगरपालिका–९ नौखरीका २६ वर्षीय विक्रम डगौरा र वडा नम्बर १० का २२ वर्षीय महेश चौधरीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ३५० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूले प्रयोग गरेको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा दर्ता भएको अटोसमेत नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस