सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली काँग्रेस इतर समूह १५ असोजमा वडा अधिवेशन गर्दै, युवा प्रतिनिधित्व अनिवार्य

२०८३ असोज १०, ०३:१७ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसको संस्थापन इतर समूह (देउवा पक्ष) ले १५औँ महाधिवेशनको तयारी तीव्र बनाएको छ। समूहले १५ असोजमा देशभर वडा अधिवेशन गर्ने कार्यतालिका बनाउँदै त्यसपछि महाधिवेशनका चरणहरू अघि बढाउने तयारी गरेको छ।

इतर समूहले २१ देखि २३ मंसिरसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। महाधिवेशन तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरिएको छ।

समितिले महाधिवेशन तयारीलाई जिल्ला तहसम्म विस्तार गर्दै ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजक तोकेको छ। यससँगै वडा तहबाटै अधिवेशन प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

इतर समूहले तयार गरिरहेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडासम्मका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका महिला र पुरुषको प्रतिनिधित्व अनिवार्य गर्ने प्रस्तावसमेत अघि सारेको छ।

यता, कांग्रेसको महाधिवेशन प्रक्रियालाई लिएर पार्टीभित्र अलग-अलग गतिविधि भइरहेका छन्। इतर समूहले आफ्नो कार्यतालिकाअनुसार अधिवेशन अघि बढाइरहँदा गगन थापा नेतृत्वको कांग्रेसले १६ असोजमा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वअन्तर्गत काठमाडौंमै केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

यसरी कांग्रेसभित्र महाधिवेशनलाई लिएर दुई छुट्टाछुट्टै प्रक्रिया अघि बढिरहेका छन्।

कमेन्ट लोड गर्नुस