ससुराली गएका कञ्चनपुरका प्रकाश सम्पर्कविहीन
कञ्चनपुर : ससुराली गएका कञ्चनपुरको झलारी घर भएका प्रकाश कुँवर सुर्खेतको गौतम नगरबाट सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार कुँवर शुक्रबारसम्म नियमित सम्पर्कमा थिए। उनले आइतबार घर फर्किने बताएका थिए। तर, पहिरोका कारण सडक अवरुद्ध भएकाले घर फर्किन कठिनाइ भइरहेको उनले परिवारलाई बताएका थिए।
शनिबारदेखि भने कुँवरसँग कुनै सम्पर्क हुन सकेको छैन। फोन सम्पर्कसमेत हुन नसकेपछि परिवारले उनको अवस्थाबारे चिन्ता व्यक्त गर्दै खोजीका लागि सहयोग गरिदिन अपिल गरेको छ।
कुँवरलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन परिवारले अनुरोध गरेको छ।