सम्पर्कविहिन भनिएका प्रकाश कुँवर परिवारको सम्पर्कमा आए
धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–झलारी घर भएका प्रकाश कुँवर परिवारको सम्पर्कमा आएका छन्।
सुर्खेतको गौतम नगरस्थित ससुराली घर गएका कुँवर केही दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि परिवारले उनको खोजी गरिरहेको थियो।
कुँवरसँग सोमबार परिवारको सम्पर्क भएको जनाइएको छ । दुई दिनसम्म उनको कुनै प्रतिक्रिया नआएपछि परिवार चिन्तित बनेको थियो।
पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध हुनुका साथै सामाजिक सञ्जालमा समेत उनको सक्रियता नदेखिएपछि परिवारमा थप चिन्ता बढेको थियो। त्यसपछि उनको अवस्थाबारे परिवार तथा आफन्तले चासो व्यक्त गर्दै खोजी थालेका थिए।
सोमबार भने कुँवर परिवारसँग सम्पर्कमा आएपछि उनको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।
सम्पर्कविहीन भएको विषयलाई लिएर चिन्तित बनेको परिवारले उनी सम्पर्कमा आएपछि राहत महसुस गरेको छ।