सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

२०८३ असोज १३, ०२:२१ रासस

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिए ।

यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका जारी निर्धारित समयभन्दा दुई दिनपछि सारिएको हो ।

“पार्टीको महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन्, यसैबीचमा देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशन असोज १८ गतेसम्मका लागि सारिएको हो”, उनले भने ।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस