सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य बढ्यो

२०८३ असोज १४, १२:१३ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० र चाँदीको मूल्य रु ३० बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ। 

मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९५ कायम भएको थियो।

कमेन्ट लोड गर्नुस