सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरीमाथि आक्रमण: तीन जना पक्राउ

२०८३ असोज १७, १०:५० खबर संवाददाता

धनगढीः कैलालीमा प्रहरीमाथि हातपात भएको छ। शंकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएका दुई प्रहरीमाथि हातपात भएको हो। 

भजनी– ३ ठेकीपुरचोकमा प्रहरी हवल्दार बिनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशीमाथि हातपात भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए। भारतबाट आइरहेका भजनी– ३ पडरिया बस्ने ३७ वर्षीय लोकबहादुर साउँद लगायतलाई चेकजाँच गर्ने क्रममा हातपात भएको बताइएको छ।

साउँदसहित धन्या साउँद र गम्भीर साउँदलाई पक्राउ गरिएको डीएसपी तिमिल्सिनाले बताए।
 

कमेन्ट लोड गर्नुस