कैलालीमा चोरी मुद्दामा फरार एक प्रतिवादी पक्राउ
२०८३ असोज २०, ०८:०६
धनगढीः कैलालीमा चोरी मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट गोदावरी नगरपालिका–१ बस्ने ३५ वर्षीय बिनित बढु पक्राउ परेका हुन्। बढुलाई चोरी मुद्दामा लागत नम्बर ८५–०८०–००९८९ अन्तर्गत १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। प्रहरी टोलीले उनलाई आवश्यक कागजातसहित जिल्ला अदालत कैलालीमा दाखिला गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस