सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लागेर ७ जना घाइते

२०८३ असोज २०, ०९:०८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन्।

साेमबार राति करिब ९ः३० बजे स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका हुन्। घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।

घाइते सबैलाई राति करिब ११ः०५ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको थियो। अस्पतालमा उपचाररत उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस