सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘पाइला’ वुमेन एन्ड किड्स शुज सञ्चालनमा

२०८३ असोज २५, ०४:१८ खबर संवाददाता

धनगढी :कैलालीको धनगढीमा महिला तथा बालबालिकालाई लक्षित गर्दै ‘पाइला’ वुमेन एन्ड किड्स शुज सञ्चालनमा आएको छ।

धनगढी उपमहानगरपालिका–४ स्थित पुरानो भन्सार नजिक मुख्य सडकमा सञ्चालनमा आएको पसलले महिला तथा बालबालिकाका लागि विभिन्न ब्रान्डका जुत्ता, स्पोर्ट्स जुत्ता र स्यान्डल उपलब्ध गराएको छ।
विजयादशमीको सुरुवातका रूपमा रहेको घटस्थापनाको अवसर पारेर आइतबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा र पसल सञ्चालककी आमाले संयुक्त रूपमा पसलको उद्घाटन गरेका हुन्।

पसल सन्चालक कमला जोशी र पुष्पराज पन्तले ठूलो लगानीमा सञ्चालनमा ल्याएको पसलमा विभिन्न उमेर समूहका महिला तथा बालबालिकाका लागि आवश्यक जुत्ता तथा स्यान्डल उपलब्ध रहेको बताएका छन्। ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर विभिन्न प्रकारका सामग्री राखिएको उनीहरूको भनाइ छ।

पसल उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले महिला तथा बालबालिकालाई लक्षित गरी जुत्ता तथा स्यान्डलको व्यवस्था गरिनु सकारात्मक भएको बताए। यस्ता व्यवसायले ग्राहकलाई आफ्नो आवश्यकता र रोजाइअनुसारका सामग्री खरिद गर्न थप सहज हुने उनको भनाइ थियो।

धनगढी तथा आसपासका क्षेत्रका ग्राहकलाई सहज र सुलभ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको बताएइएको छ । सन्चालकले आवश्यक जुत्ता तथा स्यान्डल खरिदका लागि पसलमा आउन ग्राहकलाई आग्रह गरेका छन्।
‘पाइला’ वुमेन एन्ड किड्स शुज सञ्चालनमा आएसँगै धनगढी तथा आसपासका क्षेत्रका महिला र बालबालिकाले आफूलाई आवश्यक जुत्ता तथा स्यान्डल खरिद गर्न थप विकल्पका रुपमा पाउने अनुमान गर्न सकिन्छ ।

कमेन्ट लोड गर्नुस