सुदूरपश्चिमका कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक, कसको कति ?
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती सेवा तथा स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ।
ग्रेड र मासिक प्रोत्साहन भत्तासहित प्रदेश सरकारले नयाँ तलबमान सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको निर्णयअनुसार आर्थिक मामिला मन्त्रालयले नयाँ तलबमान लागू गर्न परिपत्र गरेको छ।
मन्त्रालयले मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयनका लागि प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै स्थानीय तहलाई पत्राचार गरिसकेको छ।