कपडा बैंकलाई साँफेका मेयर राजेन्द्र कुँवरद्वारा सहयोग
२०८३ असोज २९, ११:३९
धनगढी: धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ७८ थान कपडा सहयोग गरिएकाे छ। साँफे नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवरले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेको हुन्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा छ। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस