सुदूर नेपाललाई विश्वसँग जोड्दै

सफल मार्टको सातौँ शाखा धनगढीमा, चाडपर्वमा १० प्रतिशत छुट

२०८३ असोज २९, ०२:५४ खबर संवाददाता

धनगढी: झन्डै तीन दशकदेखि ग्राहकलाई सेवा दिँदै आएको सफल मार्टले धनगढीमा आफ्नो सातौँ शाखा सञ्चालनमा ल्याएको छ। धनगढीको ट्राफिक चौराहा (पृथ्वीनारायण चोक) मा नयाँ शाखा विस्तार गरिएको हो। मार्टले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकलाई १० प्रतिशत छुट दिने जनाएको छ।

काठमाडौँबाट सुरु भएको सफल मार्टले वीरेन्द्र चोक, कोटेश्वर र शङ्खमूलसहित चितवन, बुटवल र नेपालगञ्जमा सेवा विस्तार गरिसकेको छ। धनगढीमा शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकले पनि घरायसी तथा व्यावसायिक प्रयोजनका आवश्यक सामग्री एउटै छानामुनि खरिद गर्न सक्ने मार्टका प्रवन्ध निर्देशक लक्ष्मण भण्डारीले जानकारी दिए।

मार्टमा घरायसी सामग्रीका साथै होटल, रेस्टुरेन्ट र रिसोर्टका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध छन्। ठूला होटलहरूलाई समेत सामग्री आपूर्ति गर्दै आएको सफल मार्टले धनगढी तथा सुदूरपश्चिमका होटल व्यवसायी र अन्य व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरी सेवा विस्तार गरेको जनाएको छ। ग्राहकको आवश्यकता र बजारको मागअनुसार सेवा विस्तार गर्दै जाने पनि मार्टको प्रतिबद्धता छ।

कमेन्ट लोड गर्नुस