धनगढीमा कैलाली पुलदेखि मनेहरासम्म रोप लाइट उद्घाटन
धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा सहर सौन्दर्यीकरण गर्ने उद्देश्यले कैलाली पुलदेखि मनेहरासम्म रोप लाइट उद्घाटन गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ र ७ अन्तर्गत पर्ने सडक क्षेत्रमा जडान गरिएका रोप लाइट उद्घाटन गरिएको हो। वडा नम्बर १ को क्षेत्रमा वडाध्यक्ष सन्तोष मुडभरी र वडा नम्बर ७ को क्षेत्रमा वडाध्यक्ष मोती रानाले रोप लाइट उद्घाटन गरेका हुन्।
सहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा सडक क्षेत्रलाई थप आकर्षक र उज्यालो बनाउने उद्देश्यले रोप लाइट जडान गरिएको हो।
रोप लाइट सञ्चालनमा आएसँगै कैलाली पुलदेखि मनेहरासम्मको सडक क्षेत्रको रात्रिकालीन दृश्य थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।