सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सुरक्षा निकायले भित्र्याए फूलपाती

२०८३ कार्तिक १, ११:१३ खबर संवाददाता

धनगढी: बडादसैँको सातौँ दिन कैलालीका सुरक्षा निकायले हर्षोल्लासका साथ फूलपाती भित्र्याएका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले धनगढीमा विधिपूर्वक पूजापाठ गरी फूलपाती भित्र्याएका हुन्। नैनादेवी र वनदेवी मन्दिरमा पूजाआजा गरेपछि फूलपाती भित्र्याइएको थियो।
फूलपाती भित्र्याउने क्रममा सुरक्षा निकायले हर्षबढाइँसमेत गरेका थिए।

 आजको दिन दसैँ घर तथा पूजा कोठामा फूलपाती भित्र्याएर नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिन्छ।

कमेन्ट लोड गर्नुस